Rule 9
विदेशी शिक्षण संस्थास“ग सम्बन्धन गरी विद्यालय खोल्ने अनुमति वा स्वीकृति सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ३ को उपदफा (८) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम विद्यालय खोल्न चाहनेले अनुमति वा स्वीकृतिको लागि मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन परेमा मन्त्रालयले निवेदनसाथ प्राप्त कागजात जाँचबुझ गर्नेछ र जाँचबुझ गर्दा निवेदनको व्यहोरा मनासिब देखिएमा निवेदकलाई विदेशी शिक्षण संस्थासँग सम्बन्धन गरी विद्यालय खोल्न अनुमति वा स्वीकृति दिन सक्नेछ ।
तर नेपाल सरकारस“ग सम्झौता भएकोमा वाहेक एउटा कुटनैतिक नियोगको सिफारिसमा एक भन्दा बढी विद्यालय खोल्न अनुमति वा स्वीकृति दिइने छैन ।